२०८१ माघ १८, शुक्रवार , ०८:४०:५५ बजे

Sajhamanch
'

दैनिक एक हजार डेंगी संक्रमित थपिँदै

शुक्रवार, साउन २६, २०८०

काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता दैनिक एक हजारभन्दा बढी डेंगी संक्रमित थपिन थालेका छन् । योसँगै यो वर्ष डेंगी संक्रमितको संख्या १२ हजार ४९९ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार ७ अगस्टसम्म नौ हजार ४११ रहेकोमा अगस्ट १० मा यो संख्या १२ हजार ४९९ पुगेको छ ।

जुनयता मात्रै डेंगीका कारण आठजनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ । संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीका ६ हजार ६६७ जना छन् ।

सुनसरीसहित मोरङ, धादिङ, कास्की, धनकुटा, झापा, संखुवासभा, तनहुँ, दार्चुला र काठमाडौं गरी १० जिल्लामा ११ हजार २५४ जना संक्रमित भएका छन् ।

सबैभन्दा बढी संक्रमण फैलिएको सुनसरीको धरान उपमहानगरपालिकामा अझै पनि संक्रमण नियन्त्रणमा आउन नसकेको स्वास्थ्य कार्यालय सुनसरीको प्रमुख सागर प्रसाइँ बताउँछन् ।

अगस्टका ११ दिनमा मात्रै दुई हजार २५६ जना संक्रमित थपिएको ईडीसीडीको तथ्यांक छ ।

सम्बन्धित खबर