
बुद्धशान्ति । सामाजिक सञ्जाल मार्फत एकजुट भएका युवाहरुको संगठन दाह्री ग्याङ झापाले झापाको बुद्धशान्तिमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरी ५४ पिन्ट रगत संकलन गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको समन्वयमा उक्त रक्तदान कार्यक्रम गरिएको हो ।
दाह्री ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाको विशिष्ट आतिथ्य रहेको थियो ।
कार्यक्रममा बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले, वडा ५ का वडाध्यक्ष डेगेन्द्र कार्की ,नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सदस्य हरि पोखरेल, बुद्धशान्ति उपशाखा सभापति पुष्पराज भट्टराई, ईलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रमुख प्रविण भट्टराई ,स्थानीय समाजिक व्यक्तित्व मनोरथ तिवारी, चन्द्रप्रकाश कोइराला, धिरेन्द्र ढकालसहित संचारकर्मी, दारी ग्याङ झापाका पदाधिकारी तथा सदस्य,विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
दाह्री ग्याङ झापाका सदस्य उमेश तिम्सिनाको संयोजकत्वमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य दारी ग्याङ झापाका सदस्य रामजंग भट्टराईले राखेका थिए । कार्यक्रमको सञ्चालन दाह्री ग्याङ झापाका सचिव विवेक सुन्दासले गरेका थिए ।
सामाजिक संस्थाको रुपमा परिचित हुँदै गएको दाह्री ग्याङले यसअघि बाढी पिडितलाई सहयोग, रक्तदान कार्यक्रम, विभिन्न कार्यक्रमहरुमा स्वयंमसेवकको भूमिका लगायतको सामाजिक कार्य गर्दै आएको छ ।