२०८१ माघ २६, शनिवार , ०४:१६:५१ बजे

Sajhamanch
'

३ महिने अभियान पार्टीको अन्तिम परीक्षा हो : प्रवक्ता सापकोटा

बुधवार, साउन २४, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भदौ १६ गतेदेखि सुरु हुने ३ महिने अभियान पार्टीको अन्तिम परीक्षा भएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सापकोटाले पार्टीले ३ महिने अभियानको परीक्षाबाट माओवादी पास हुने बताए ।

‘यो हामी सबैका लागि परीक्षा हो । त्यसकारण यो परीक्षामा हामी सबै सामेल हुन्छौं । मलाई विश्वास छ हामी यो परीक्षामा उतीर्ण हुन्छौं । भदौको १५ गतेसम्म हामी तयारी गर्छौं । यो तीन महिने अभियान सफल हुन्छ । यो हाम्रो करिव करिव अन्तिम परीक्षा जस्तै छ’ उनले भने ।

प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निस्कर्षमा पु¥याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिवद्ध रहेको पनि बताए । सुन प्रहरीको ठीक ढंगले अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जिम्मेवारी दिएको भन्दै उनले यसमा कुनै मोलाहिजा नहुने बताए ।

‘यसलाई अगाडि बढाइछाड्ने कुरामा प्रधानमन्त्रीले पदाधिकारी र केन्द्रीय कमिटी बैठकमा प्रतिवद्धता राख्नुभएको छ । पहिलाको इतिहास दोहोरिँदैन । निर्धक्क साथ अघि बढ्छ । अगाडि बढाउनेमा पार्टीमा एकमत छ’, उनले भने ।