काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरिन ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले ‘उप चुप’ भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताइन्। उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ रु भन्दै प्रश्न गरिन । उनले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो? भन्दै प्रश्न समेत गरिन ।
उहाँले अहिले प्रतिनिधि सभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गरिन। उपसभामुख रानाले देशमा शुसासन नभइ कुशासन रहेको दाबी गरिन्।