२०८१ माघ १५, मङ्गलवार , ०८:०२:४३ बजे

Sajhamanch
'

प्रस्तावित न्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइँदै

मङ्गलवार, साउन २३, २०८०

काठमाडौं । प्रस्तावित न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्दै छ । आज बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने छ ।

समिति उपसचिव विमला घिमिरेले आजको बैठकले प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने बताइन् ।

साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित खबर