२०८१ पौष १३, शनिवार , ०४:१४:४६ बजे

Sajhamanch
'

कोसी प्रदेशमा लिम्बूवान बन्दको आंशिक प्रभाव

सोमवार, साउन २२, २०८०

विराटनगर । कोसी प्रदेशका विभिन्न जिल्लामा लिम्बूवान बन्दको आशिंक प्रभाव परेको छ । राष्ट्रिय जनमुक्ति पार्टीसहित विभिन्न ६ वटा घटकले लिम्बूवान बन्दको आह्वान गरेका छन् । बन्दका कारण पूर्वी पहाडी जिल्लामा सार्वजनिक सवारी साधन चलेका छैनन् । धनकुटा, तेह्रथुम, पाँचथर, इलामलगायत जिल्लाबाट यातायातका साधन संचालन भएका छैनन् । प्रदेश राजधानी विराटनगरबाट पहाडी जिल्लातर्फ जाने सवारी साधन पनि चलेका छैनन् ।

सुनसरीसहितका जिल्लाका संस्थागत विद्यालयले अभिभावकलाई सूचना पठाएर विद्यार्थीलाई विद्यालय नपठाउन आग्रह गरेका छन् । अरुण नदीपूर्वका जिल्लाहरुमा कायम रहेको लिम्बूवान गोर्खा राज्यसँगको सम्झौतापछि एकीकरण भएको इतिहास छ । लिम्बूवानको सत्ता हरण भएको साउन २२ गतेको सन्धीको विरुद्धमा बन्द आह्वान हुँदै आएको छ ।

सम्बन्धित खबर