![](https://sajhamanch.com/wp-content/uploads/2023/08/Accident-sketch51677494258.jpg)
काठमाडौं । डोल्पाको ठुलिभेरी नगरपालिकाको मोतिपुरमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शनिबार साँझ ठुलीभेरीको भित्तिबाट बालुवा बोकेर दुनैतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो ।
घाइतेहरुको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । ट्याक्टर चालक सुरज बोहराले मादकपदार्थ सेवन गरेर ट्याक्टर चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।