काठमाण्डौ । काठमाण्डौको तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिए ।
उनका अनुसार गणेश तामाङकी श्रीमती र छोरा घाइते भएका हुन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरेको हो ।