२०८१ माघ २५, शुक्रवार , ०५:२२:५५ बजे

Sajhamanch
'

प्रधानमन्त्री प्रचण्डलाई मोदीको फोन

आइतवार, साउन २१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हालै प्रचण्डको भारत भ्रमणका वेला भएका सहमतिलगायत द्विपक्षीय विषयमा छलफल भएको छ । मोदीले शनिबार प्रचण्डलाई टेलिफोन गरेका हुन् । प्रचण्डको भारत भ्रमणपछि मोदीसँग भएको यो पहिलो टेलिफोन संवाद हो ।

‘दुई नेताले भारत–नेपाल द्विपक्षीय सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्नुभयो र द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन तथा गहिरो सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएको छलफललगायत दुई देशको मित्रताका सन्दर्भमा समीक्षा गर्नुभयो,’ भारतको प्रेस इन्फरमेसन ब्युरोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निकट र मित्रवत् छिमेकी नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको प्रमुख साझेदार हो । यो टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको छ ।’