२०८१ कार्तिक २, शुक्रवार , ०८:५५:५५ बजे

Sajhamanch
'

आँखा पाक्ने रोगको प्रकोप बढेपछि जनकपुरका विद्यालयहरु बन्द

शुक्रवार, साउन १९, २०८०


जनकपुर । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरेको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवले शुक्रबार एक सूचना जारी गर्दै आइतबारदेखि यही साउन २६ गतेसम्म उपमहानगरभित्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवद्वारा जारी भएको सूचनामा उल्लेख गरिएको छ।

जनकपुरधाम उपमहानगरमा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, शिक्षण संस्थाहरु एक सातको लागि बन्द गरिएको छ।

सम्बन्धित खबर