२०८१ कार्तिक २, शुक्रवार , ०६:१४:३७ बजे

Sajhamanch
'

सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शुक्रवार, साउन १९, २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ढकालले वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि २ लाख रुपैँया घुस लिएका थिए । इटहरीस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले ढकाललाई गत असार २२ गते घुस लिएको रकमसहित नियन्त्रणमा लिएको थियो । आयोग अनुसन्धानबाट ढकालले घुस लिएको पुष्टी भएको भन्दै उनीविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अनुसन्धानको

सिलसिलामा उनले सुन्दरहरैंचा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मोरङ र वडा कार्यालयहरुमा विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि घुस लिएको खुलको छ ।

ढकालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अनुसार बिगो बमोजिमको जरिवाना र कैद सजायको माग दावी लिईएको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिए ।

सम्बन्धित खबर