२०८१ कार्तिक २, शुक्रवार , १२:५४:१० बजे

Sajhamanch
'

दोलखा पहिरोका बेपत्ता मध्ये ३ बर्षिय बालकको शव भेटियो

शुक्रवार, साउन १९, २०८०

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका ७ स्थित मार्बु गाउँको टोपाटारमा हिजो बेलुकी गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये ३ बर्षिय बालक प्रिन्स थामीको शव भेटिएको छ।

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले वेपत्ता भएका ४ जना मध्ये बालकको शव भेटिएको बताए। ‘अन्य बेपत्ताको खोजी भईरहेको छ’ ।

धमलाले गम्भीर घाईते रहेका तीन जनाको उद्धारका लागी काठमाडौंबाट हेलिकप्टर उडिसकेको बताए। प्रिन्सकी आमा सरिता, हजुरबा यत्र र हजुरआमा धनकुमारी गम्भीर घाईते छन्।

शुक्रवार, साउन १९, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर