२०८१ कार्तिक २, शुक्रवार , १२:४४:२८ बजे

Sajhamanch
'

कञ्चनपुरमा चार दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए

शुक्रवार, साउन १९, २०८०

कञ्चनपुर । कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन् । कृष्णपुर नगरपालिका–२, बंक नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाईं मृत भेटिएका हुन् ।

दमाईंको शव घरदेखि करिब ५०० मिटर टाढा नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए ।

स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीेको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए । दमाईं सोमबारदेखि बेपत्ता थिए ।

“खाल्डोमा सडेगलेको अवस्थामा शव फेला परेको छ,” उनले भने, “हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भई शव गाडिएको भन्नेबारे पत्ता लगाउन अनुसन्धान जारी छ ।”

शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ ।

शुक्रवार, साउन १९, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर