२०८१ कार्तिक २, शुक्रवार , ०७:४४:४९ बजे

Sajhamanch
'

एमालेले आज राष्ट्रिय सभाको बैठक चल्न नदिने

बिहिवार, साउन १८, २०८०

काठमाडौं । बिहीबार दिउँसो १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक प्रमुख प्रतिपक्षी एमालेले बैठक चल्न नदिने भएको छ।

एमालेले सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने अडान यथावत् राखेको हो। एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले बैठक चल्न नदिने जानकारी दिए। यसअघि साउन ११ गते मिटरब्याज सम्बन्धी विधेयक पारित गर्नका लागि मात्रै राष्ट्रिय सभा बैठक चल्न दिएको उनले बताए।

एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो । प्रतिनिधिसभा बैठक साउन २२ गतेका लागि बोलाइएको छ।

सम्बन्धित खबर