
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विहानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं जाँदै थिए । उक्त जहाजमा मुसा भेटिएपछि उनी अर्कै विमानमा काठमाडौं जाने तयारीमा छन् ।
पोखरा विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । ११:५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएर उडान रोकेर खोजी सुरु गरिएको उनको भनाइ छ ।