२०८१ माघ ११, शुक्रवार , ०२:३३:५८ बजे

Sajhamanch
'

एसियाली खेलकुदमा स्वर्ण जित्ने बक्सिङ खेलाडीले १० लाख पाउने

सोमवार, साउन १५, २०८०

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा स्वर्णपदक जित्ने बक्सिङका खेलाडीलाई नेपाल बक्सिङ महासंघले १० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

बक्सिङ महासंघको दोस्रो बैठकले एसियाली खेलकुदमा स्वर्ण जित्नेलाई १० लाख, रजत जित्नेलाई पाँच लाख र कास्य जित्नेलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेको हो ।

यस्तै, महासंघले कोष वृद्धिका लागि पदाधिकारीहरुबाट १५ हजार र सदस्यहरुबाट १० हजार रुपैयाँ संकलन गर्ने र मासिक रुपमा पदाधिकारीहरुबाट पाँच हजार र सदस्यहरुबाट तीन हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खबर