२०८१ कार्तिक २, शुक्रवार , १२:५४:४७ बजे

Sajhamanch
'

रकम भुक्तान माग गर्दै प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको धर्ना

सोमवार, साउन १५, २०८०

काठमाडौँ । सरकारले ठुलो रकम भुक्तान नगरेको भन्दै निर्माण व्यवसायीहरू प्रधानमन्त्री निवास अगाडि धर्नामा बसेका छन्। नेपाल सरकारबाट असार मसान्त भईसक्दा पनि निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तान नगरिएको र म्याद थप सम्बन्धी निर्णयको विरोधमा आज नेपाल निर्माण व्यवसायी महासंघले धर्नामा बसेका हुन्।

उनीहरूले आज सोमबार प्रधानमन्त्री निवास अगाडि, बालुवाटारमा सेफ्टी हेल्मेट सहित एक घण्टा धर्ना कार्यक्रम गरेका छन्। निर्माण व्यवसायी हरु नारा लगाउदै बालुवाटार छिर्ने बाटो अगाडि बसेका हुन्।

सम्बन्धित खबर