२०८१ कार्तिक २, शुक्रवार , ०५:३८:४४ बजे

Sajhamanch
'

आज चार वटा संसदीय समितिको बैठक बस्दै

आइतवार, साउन १४, २०८०

काठमाडौँ । आज ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बस्दैछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ।

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे र सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्दैछ।जसमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय सुरक्षाको अवधारणा, सिद्धान्त, अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको तुलनात्मक अध्ययन, प्रमुख सवाल, समस्या तथा सुधारका उपाय लगायतका विषय र परराष्ट्र सम्बन्धको अवधारणा, सिद्धान्त, अवस्था, प्रमुख सवाल, समस्या तथा सुधारका उपाय लगायतका विषयमा छलफल हुने भने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समाज कल्याण परिषद्को प्रस्तुति र छलफल सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ भने सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिले पेश गरेको समितिको आन्तरिक कार्यविधिका बारेमा छलफल हुनेछ।

सम्बन्धित खबर