२०८१ कार्तिक २, शुक्रवार , ११:३१:०५ बजे

Sajhamanch
'

समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा आज

आइतवार, साउन १४, २०८०

काठमाडौं । समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा गरिने भएको छ । ललितपुरको च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा आज विद्यार्थी मोर्चाको घोषणा गरिने कार्यक्रम तय भएको बताइएको छ ।

घोषणासभामा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायत नेताहरूले सम्बोधन गर्नेछन् ।

चारदलीय समाजवादी मोर्चाको विद्यार्थी संगठन घोषणा गर्न लागिएको हो । मोर्चाको कार्यविधिलाई अन्तिम रूप दिने तयारी समेत गरिएको एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सम्बन्धित खबर