२०८१ कार्तिक २, शुक्रवार , ०१:३१:२५ बजे

Sajhamanch
'

टुथपिकुदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम

शनिवार, साउन १३, २०८०

काठमाण्डौ  । भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार देशमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ । पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार गएको आर्थिक वर्षमा एक करोड रुपैयाँभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्को (टुथपिक) आयात भएको देखिन्छ ।

विभागका अनुसार गएको आर्थिक वर्ष (आव)मा एक करोड १३ लाख ३७ हजार रुपैयाँ मूल्य बराबरको दाँत कोट्याउने सिन्को (टुथ पिक) आयात भएको छ । बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया चीनबाट भित्रिने गरेको । त्यस्तै करिब एक करोड रुपैयाँ बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर आयात भएको छ । विभागका अनुसार गएको आवमा दुई करोड पाँच लाख ४९ हजार रुपैयाँ मूल्य बराबरको ह्याङ्गर निर्यात पनि भएको छ ।

यस्तै विभागका अनुसार गएको आवमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा दुई करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । गएको आवमा एक करोड ७३ लाख ९१ हजार रुपैयाँको सेफ्टी पिन र ६३ लाख १० हजार मूल्य बराबरको सियो आयात भएको छ । जसबाट सरकारले ६७ लाख ४९ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा समेत अर्बौं रकम देशबाट बाहिरिरहेको छ । सार्वजनिक विवरणअनुसार गएको आवमा एक अर्ब रुपैयाँभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन् । एक वर्षमा एक अर्ब २६ करोड ५४ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका पेचकिला ९स्क्रु० तथा बोल्ट र १४ करोड ९४ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको नट आयात भएको छ । विभागका अनुसार गएको आवमा १५ कारोड ८५ लाख रुपैयाँ बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ ।

सम्बन्धित खबर