२०८१ पौष १२, शुक्रवार , ०३:३३:४४ बजे

Sajhamanch
'

पहिरो हटाइएपछि सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडक

शनिवार, साउन १३, २०८०

चितवन । पहिरो खसेर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक गएराति १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ।

सम्बन्धित खबर