२०८१ असोज ३, बिहिवार , ०२:४२:१९ बजे

Sajhamanch
'

एमाले अध्यक्ष ओलीको घरमा साङ्गीतिक माहोल

शुक्रवार, साउन १२, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरमा बिहीबार राति साङ्गीतिक माहोल भएको छ ।

अध्यक्ष ओलीको घरमा शास्त्रीय सङ्गीत र रागमा प्रसिद्ध कलाकारहरू अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी गएका थिए ।

शास्त्रीय सङ्गीतका साधकहरूले सुनाएको मेघ मल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठासले रमाइलो भएको अध्यक्ष ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले लेलेका छन्, ‘शास्त्रीय सङ्गीतका साधकहरूले सुनाउनु भएको मेघ मल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास ! रमाइलो भयो, उहाँहरूलाई धन्यवाद !’

सम्बन्धित खबर