![](https://sajhamanch.com/wp-content/uploads/2023/07/Uddar-People-Rapti.jpg)
काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिका-५ भगवानपुरघाटस्थित राप्ती नदीको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरी बलले साउन ९ गते बेलुका उद्वार गरेको छ ।
नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय वासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदीको वहाव बढेपछि भंगालोमा फसेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके र बिओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्वार सामाग्री सहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्वार गरेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।