२०८१ पौष २९, सोमवार , ०७:२८:०५ बजे

Sajhamanch
'

पानीमा डुबेर बर्सेनि ३९६ जनाको मृत्यु

बुधवार, साउन १०, २०८०

काठमाडौं । नेपालमा वार्षिक औसतमा ३९६ जनाको पानीमा डुबेर मृत्यु हुने गरेको छ । नेपाल प्रहरीका अनुसार यसमध्ये ५३।७ प्रतिशत २५ वर्ष मुनिको उमेर समूहका रहने गरेको तथ्यांक रहेको प्रहरीको भनाइ छ ।अधिकांश घटना पौडी खेल्ने क्रममा, नुहाउने क्रममा, खोलारनदी तर्ने क्रममा एवं आत्महत्याका कारण हुने गरेका छन् ।

नेपालमा धेरैजसो असारदेखि असोज महिनासम्ममा पानीमा डुबेर वा पानीजन्य विपद्का कारण धेरैको ज्यान जाने गरेको छ ।पानीमा डुबेर हुने मृत्युलगायतका घटना रोकथामका लागि स्थानीयस्तरदेखि नै जनचेतनामा जोड दिनुपर्नेमा राष्ट्रिय विपद् जोखिम न्यनूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।यसैबीच, बालबालिका पानीमा डुब्ने घटना रोकथामका लागि अभिभावकले विशेष ध्यान दिनु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वर्षायाममा वा आँधीबेरी आउने बेलामा खोला, नदी, ताल आदिमा बाढी आउन सक्ने भएकोले यस्तो अवस्थामा बालबालिका तथा सबै उमेरका व्यक्तिले शतर्कता अपनाउनु पर्ने मन्त्रालयले बताएको छ ।बालबालिकाहरू पानीमा हुँदा वा पानी वरपर हुँदा अभिभावकहरूले उनीहरूको निरन्तर निगरानी गर्नुपर्नेमा मन्त्रालयको जोड छ ।

“पौडी खेल्ने बेलामा वा अरु कुनै पानीमा गरिने गतिविधिहरू गर्दा बालबालिकाका साथै सबै उमेरका पौडी खेल्न नजान्ने व्यक्तिहरूले लाइफ ज्याकेट अनिवार्य प्रयोग गर्नुपर्छ,” मन्त्रालयले भनेको छ ।

सम्बन्धित खबर