२०८१ असोज ३, बिहिवार , ०९:३८:४७ बजे

Sajhamanch
'

रन्जिताको गीत ‘धोका भयो’ सार्वजनिक

मङ्गलवार, साउन ९, २०८०

झापा । सुनसरीको इटहरीकी रन्जिता प्रसाईंको स्वरमा ‘धोका भयो’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । सुवास कार्कीको शब्द रचनामा गीत तयार गरिएको हो ।

विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई ३ एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको जनाइएको छ ।

सो गीत गायिका प्रसाईंको युट्युब च्यानलमा हेर्न पाइन्छ । सुरुमा अडियो सार्वजनिम गरेर केही समय पछि म्यूजिक भिडियो उत्पादन गर्ने सोच रहेको गायिका प्रसाईंले बताएकी छन् ।

गीतमा धोका पाएपछिको वेदना पोखिएको र अहिलेका युवा पुस्तालाई लक्षित गरिएको पाइन्छ । प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीत प्रस्तुत गरिएको छ ।

गीतमा मिलन र विछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिँदा अप्रिय घटनाहरु भइरहेका भावनाहरु गीतमा पोखिएको छ ।

सम्बन्धित खबर