२०८१ पौष ११, बिहिवार , ०१:०५:०१ बजे

Sajhamanch
'

भारतलाई हराउँदै पाकिस्तान बन्यो च्याम्पियन

सोमवार, साउन ८, २०८०

काठमाडौं । भारतसँग समूह चरणको हारको बदला लिँदै पाकिस्तानले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ। पाकिस्तानको यो लगातार दोस्रो उपाधि हो। सन् २०१९ मा बंगलादेशलाई हराउँदै उपाधि हात पारेको थियो। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा भएको खेलमा भारत ए लाई १२८ रनले पारजित गर्दै उपाधि हात पारेको हो। ३५३ रनको विशाल लक्ष्य पछ्याएको भारत ४०औ ओभरमा अलाउट हुँदै २२४ रनमात्र बनायो।

भारतका लागि अविशेक शर्माले सर्वाधिक ६१ रनको योगदान गरे। यस्तै कप्तान एस धुलले ३९ रन बनाउँदा ओपनर साइ सुदर्शन २९ रनमा आउट भए। त्यस्तै रियान प्रयागले १४, हर्षित रानाले १२ तथा निशान्त सन्धुले १० रन बनाए।

भारतलाई सस्तैमा समेटन् पाकिस्तानका सफियान मुकिमले ३ तथा अर्सद इबाल, मेहरान मुताज र मोहम्द वासिमले समान २र२ विकेट लिए। यस्तै मुस्बिर खान तथा मोहम्मद वासिमले समान एक एक विकेट लिए।

त्यसअघि टस हारेर पास्किताले पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभर ८ विकेट गुमाउँदै पाकिस्ताले ३५२ रनको योगफल बनायो। पाकिस्तानका लागि तैयव तहिरले शतकीय इनिङ्स खेले। ७१ बलमा खेलका उनले १२ चौका र ४ छक्काको सहयोगमा १०८ रन बनाए।

ओपनर साइम अयुबले ५९ रन बनाएर मैदान फर्किए भने अर्का ओपनर सहिबज्याद फर्हानले ६५ रन जोडे। ओमैर युसुफ ३५ रन जोडेर मैदानबाट बाहिरिए । मोहम्मद वासिम जुनिर ३५ रन जोडेर मैदानबाट बाहिरिँदा अन्य खेलाडी सस्तैमा समेटिए।

भारतका लागि राजवर्धन हैंगरगेकर र रियान परागले सर्वाधिक २–२ विकेट लिए भने, हर्शित राना, मानव सुथार र निसान्त सिद्धुले समान १–१ विकेट लिए। यसअघि दुवै समूह समूह चरणको अन्तिम खेलमा आमनेसामने भएका थिए। कोलम्बोमै पाकिस्तानको टोली पहिले ब्याटिङ गर्दै २०५ रन बनाएर अलआउट भएको थियो। यो खेलमा भारत ८ विकेटले विजयी भएको थियो।

पाकिस्तानले सेमिफानलमा घरेलु टोली श्रीलंकालाई ६० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने भारतले बंगलादेशलाई ५१ रनले हराएर पाकिस्तानसँगको भेट पक्का गरेको थियो।

इमर्जिङ एसिया कप पहिलो पटक २०१३ मा खेलिएको थियो। सूर्यकुमार यादवको कप्तानीमा भारतले फाइनलमा पाकिस्तान–एलाई पराजित गर्दै उपाधि जितेको थियो। सन् २०१७ र २०१८ मा श्रीलंका–एले पाकिस्तान–ए र भारत–एलाई हराएर लगातार २ पटक उपाधि जितेको थियो। पाकिस्तान–ए टोली सन् २०१९ मा च्याम्पियन बनेको थियो।

सम्बन्धित खबर