२०८१ फागुन १, बिहिवार , १२:५१:३१ बजे

Sajhamanch
'

भ्रमणमा विदेश जाने नेपालीले अब २५ सय डलरसम्म सटही सुविधा पाउने

आइतवार, साउन ७, २०८०

काठमाडौं । सरकारले विदेश भ्रमणमा जाने नेपालीलाई सहज हुने गरी नीति ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै डलर सटही सुविधामा उल्लेख्य छूट दिएको हो ।

भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीलाई राहदानी सुविधा वापत एक वर्षमा दुई पटकसम्म अब २५ सय अमेरिकी डलर सुविधा दिइएको छ । यसअघि यो सुविधा १५ सय डलर रहेको थियो ।

सरकारले यस वर्षबाट विदेश भ्रमणमा जाने नेपालीबाट २ प्रतिशत वैदेशिक पर्यटन शुल्क लिन सुरु गरेको छ ।

सम्बन्धित खबर