काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संविधान दिवस मनाउने विषयमा आपत्ति जनाएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा शुक्रबार उनले महामन्त्रीले संविधान दिवस मनाउने प्रस्ताव गरेको भन्दै आपत्ति जनाए ।
“विवादास्पद कतिपय विषय उल्लेख भएको संविधानलाई कांग्रेसले दिवस मनाउन सक्छ रु यसमा मेरो घोर असहमति छ,” उनले भने ।
०४७ सालमा कांग्रेसकै स्वामित्वमा संविधान जारी गरिएको र अहिले ती एजेन्डा नभएकाले पहिले जस्तो स्वामित्व अहिले नरहेको उनको भनाइ छ ।
“संविधान हामीले बनाएको हो । ०४७ सालमा हामीले बनाएको हो । ०४७ सालको संविधान बनाउँदा जति हाम्रो ओनरसिप थियो । अहिले ओपनसिप त्यति छैन,” उनले भने ।
संविधानमा उल्लेखित ुधर्मनिरपेक्षु भन्ने शब्द हटाउनुपर्छ भनेर कांग्रेस बोल्नुपर्ने बताए । संघीयता महँगो भएकाले विकल्प खोज्नुपर्ने उनको भनाइ छ । निर्वाचन प्रणालीमा पनि विचार गर्नुपर्ने भण्डारीको उनले बताए ।