
सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हिरासतमा रहेकी एक महिलाले आत्महत्या गरेकी छन् । गत श्रावण २ गते सशस्त्र प्रहरी सर्लाहीले अबैध रकम र गहनासहित नेपाल प्रहरीलाई बुझाएकि महिलाले प्रहरी हिरासत मै पासो लगाएर आत्महत्या गरेकी हुन्।
स्थानीय चक्रघटा गाउँपालिका ८ कि वर्ष ४० वर्षिय हजरत खातुनले हिरासत कक्षको शौचालयमा राती पासो लगाएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ।
श्रावण २ गतेका दिन सशस्त्र प्रहरिले सर्लाहिको नेपाल भारत सिमा क्षेत्रको झिलमिलिया माइ बोर्डरमा हजरतलाइ पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चादी र ७.०७ सुन सहित नियन्त्रणमा लिएको थियो ।
हिरासत कक्षमा रहेको शौचालयमा पासो लगाइ आत्म हत्या गरेकी महिलाको शब पोस्टमार्टमको लागि अस्पताल लगिएको र आत्महत्या बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।