२०८१ असोज २, बुधवार , ०६:४५:५१ बजे

Sajhamanch
'

विमानस्थल सुन प्रकरण: हालसम्म १ भारतीयसहित ६ जना पक्राउ

बिहिवार, साउन ४, २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको सुन प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन्।

स्रोतका अनुसार सुन प्रकरणमा १ भारतीय नागरिकसहित जम्मा ६ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र पुरानो दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई,ट्याक्सी चालक अशोक लामा रहेका छन्।

बुधबार विमानस्थल हुँदै भित्रिएको करिब १०० किलो अवैध सुन बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।

सम्बन्धित खबर