
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल-हइलले आज शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ।