२०८१ माघ १३, आइतवार , ०१:३४:३६ बजे

Sajhamanch
'

भन्सारबाट ट्याक्सीमा बाहिरिएको थियो एक क्वीन्टल सुन

बिहिवार, साउन ४, २०८०

काठमाडौं । राजश्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको सुन ट्याक्सीमा विमानस्थलबाट बाहिर ल्याएको पाइएको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाले बताएअनुसार बुधबार दिउँसो २ बजे भन्सार जाँच पास भएर बाहिरिएको सुन विभागले ट्याक्सीबाट बरामद गरेको हो ।

विभागले सुन ल्याइएको बा २ ज २३२४ नम्बरको ट्याक्सी र चालकलाई पनि नियन्त्रणमा लिएको छ । हङकङबाट काठमाडौं आएको क्याथे एयरलाइन्सको विमानमा कार्गोमार्फत सुन आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको विभागका महानिर्देशक ढुंगाना बताउँछन् ।

सुन कसको हो र कहाँ लैजान लागिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर