२०८१ मंसिर १४, शुक्रवार , ०७:०२:०७ बजे

Sajhamanch
'

फिफा महिला विश्व कप शुरु हुनुभन्दा पहिले न्युजिल्यान्डमा गोलाबारी : दुई जनाको ज्यान गयो

बिहिवार, साउन ४, २०८०

न्युजिल्यान्डको अकल्यान्डमा गोलाबारी हुँदा दुई जनाको ज्यान गएको छ । प्रहरी अधिकारीसहित ६ जना घाइते भएका छन् । एक जना बन्दुकधारीले अकल्यान्डको एक निर्माणस्थल क्षेत्रको व्यस्त सडकमा गोली चलाउँदा दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार घटनामा बन्दुकधारी पनि मारिएका छन् । अकल्यान्डको इडन पार्कमा फिफा महिला विश्व कप फुटबल सुरु हुनुभन्दा पहिले गोलाबारी भएको हो । घटना पछि न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिंसले राष्ट्रिय सुरक्षाको खतरा नरहेकाले विश्वकप फुटबल प्रतियोगिता योजना अनुसार शुरु हुने बताए ।

सम्बन्धित खबर