काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न र संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान केही युवाहरु आफ्ना मागसहितको पम्प्लेटसहिट प्रदर्शन गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न, संघीय शिक्षा ऐन जारी गर्न, विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागु गर्न र सीटीईभीटीको शुल्क वृद्धि तत्काल खारेज गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।