२०८१ कार्तिक २, शुक्रवार , ०१:४९:१८ बजे

Sajhamanch
'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एक विदेशी पक्राउ

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमद रहेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाएर लैजान लागेको १०० दरको १०० थान अमेरिकी डलर फेला परेको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि सोमबार राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

सम्बन्धित खबर