
काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को पहिलो दिन नेप्से परिसूचक ४७.०७ अंकले बढेको छ । २.२४ प्रतिशतको वृद्धिसहित सोमबार नेप्से परिसूचक २,१४४.१६ बिन्दुमा पुगेको छ ।
सोमबार दुई अर्ब ५६ करोड रुपैयाँमा ७६ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको हो । कारोबारमा २०० कम्पनीको सेयर मूल्य बढेको छ भने, १३ को घट्दा ४ को स्थिर छ ।
सोमबार बीपीडब्ल्यू लघुवित्त संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । युनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको सेयर मूल्य ९.९९ र ९.८७ प्रतिशतले बढेको छ ।
कुमारी धनवृद्धि योजनाको सेयर मूल्य सबैभन्दा बढी ८.३७ प्रतिशतले घटेको छ । सोमबार २५७ कम्पनीको सेयर खरिदबिक्री भएको छ भने, ५० हजार २९९ कारोबार भएको छ ।