२०८१ माघ ११, शुक्रवार , ०५:३८:४८ बजे

Sajhamanch
'

नेपालका दुवै ओपनर आउट

सोमवार, साउन १, २०८०

काठमाडौं । एसीसी मेन्स इमर्जिङ एसिया कपमा भारत ‘ए’विरुद्ध सुरुआती ६ ओभरमा नै नेपालले दुवै ओपनरलाई गुमाएको छ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा हुने खेलका लागि भएको टस जितेर ब्याटिङमा आएको नेपालले ५.१ ओभरमा दोस्रो विकेटको रुपमा आसिफलाई गुमाएको हो । आसिफले नेपाली टिमको खातामा १५ रन थपे ।

त्यसअघि, नेपालका अर्का ओपनर कुशल भुर्तेल शून्यमा पभेलियन फर्किएका थिए ।

जारी खेलको ६ ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर २७ रन बनाएको छ ।

नेपालबाट हाल क्रिजमा रहेका देव खनाल १३ र कप्तान रोहितकुमार पौडेल शून्यमा खेलिरहेका छन् ।

सम्बन्धित खबर