![](https://sajhamanch.com/wp-content/uploads/2023/07/kalas-yatra-rpp-1_VhpbcOuajH-e1689584534304.webp)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मैतीदेवीबाट पशुपतिनाथ मन्दिरसम्म धार्मिक पदयात्रा गरेको छ । राप्रपाका नेता कार्यकर्ता सोमबार मैतीदेवी मन्दिरमा भेला भएर कलशसहित पशुपति मन्दिरसम्म धार्मिक पदयात्रा गरेका हुन् ।
पदयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरु बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, दिपकबहादुर सिंह लगायतका नेता कार्यकर्ताका साथै शुभेच्छुक र समर्थकहरु सहभागी थिए ।
आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरूलाई गोलबद्ध गर्दै जाने उद्देश्यबाट धार्मिक पदयात्रा गरिएको राप्रपाका नेताहरुले बताएका छन् । राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनमा पदयात्रा गरिएको हो ।