
काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत एविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।
डे नाइट खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुँदैछ ।
डे नाइट खेल भएकोले नेपाली टोलीले आइतबार रातिको समयमा अभ्यास समेत गरेको थियो ।
समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।
भारत ए ले पहिलो खेलमा यूएई एलाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपालको सिनियर टोलीले नै इमर्जिङ कप खेले पनि एसिया कपअघि यसलाई तयारीको रुपमा हेरेको छ ।