
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो । यसअनुसार परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २।५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ ।
खाना पकाउने एलपी ग्यासको मुल्यमा भने निगमले नाफा नराख्ने निर्णय गरेको छ । यो निर्णयअनुसार पेट्रोल लिटरमा ६ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ४–४ रुपैयाँ मूल्य घट्नेछ भने ग्यासमा १० रुपैयाँ घट्नेछ ।