२०८२ जेठ २, बिहिवार , ०९:०८:१४ बजे

Sajhamanch
'

हाँडेका ८ लक्षण र जोगिने ६ उपाय

शनिवार, असार ३०, २०८०

हाँडे एक भाइरल संक्रमण हो। यो पारमिक्जो भाइरसबाट सर्ने गर्छ। यसलाई गलफुलो भनेर पनि चिनिन्छ। यो भाइरसको संक्रमण विशेषगरी बालबालिकामा बढी देखिने गरेको छ।

लक्षण
चिउँडोरगालाको एकातिर वा दुबैतिर सुन्निनु वा दुख्नु
ज्वरो आउनु
रुघारखोकी लाग्नु
टाउको दुख्नु
हाडजोर्नी दुख्नु
थकान महसुस हुनु
शरीर दुख्नु
खान मन नलाग्नु
हाँडे सर्ने तरिका
यो रोग संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउ गर्दा वा र्‍याल, सिंगानको छिटाबाट सर्न सक्छ।

हाँडेबाट हुनसक्ने जटिलताहरु
अचेत हुने
धेरै पेट दुख्ने तारान्तार वान्ता हुने
अण्डकोष सुन्निने
कान दुख्ने वा सुन्ने क्षमता कमजोर हुने

हाँडे रोकथामका उपाय
बिरामी भएको कम्तिमा ५ दिन घरमै आराम गरौं
प्रशस्त पोषिलो आहार र झोलिलो खानेकुरा खाऔं
संक्रमित व्यक्तिले प्रयोग गरेको भाँडाकुँडारकपडा प्रयोग नगरौं
खोक्दा, हाँच्छिउ गर्दा मुख छोप्ने गरौं साथै मास्कको प्रयोग गरौं
साबुन पानीले मिचिमिची हात धोऔं
व्यक्तिगत तथा पारिवारिक सरसफाइमा ध्यान पुर्‍याऔं

सम्बन्धित खबर

आजको मौसम
बिहिवार, जेठ २, २०८२
प्रतिनिधिसभा बैठक बस्दै
बिहिवार, जेठ २, २०८२