२०८१ पौष ८, सोमवार , ०७:५०:५७ बजे

Sajhamanch
'

अफगानिस्तानसँगको पहिलो टि–२० मा बंगलादेश विजयी

शनिवार, असार ३०, २०८०

काठमाण्डौ । घरेलु टोली बंगलादेशले पहिलो टि–२० खेलमा अफगानिस्तानलाई दुई विकेटले हराएको छ । योसँगै दुई खेलको टि–२० श्रृंखलामा बंगलादेशले १–० को अग्रता बनाएको छ ।

जितका लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभर ५ बलमा ८ विकेट गुमाउँदै भेट्टायो । अन्तिम ओभरमा बंगलादेशलाई जितका लागि ६ रन चाहिएको थियो । मेहेदी हसन मिराजले पहिलो बलमै चौका प्रहार गरेपछि बाँकी ५ बलमा दुई रन आवश्यक थियो । लगत्तै करिम जन्नतले ह्याट्रिक विकेट लिए । पाँचौं बलमा शोरिफुल इस्लामले चौका हानेपछि बंगलादेश विजयी भयो ।

बंगलादेशका तोहिद हृदोय ४७ रनमा अविजित रहे । अफगानिस्तानका करिम जन्नतले ह्याट्रिक विकेट लिए पनि टोलीलाई जिताउन सकेनन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । अफगानिस्तानका मोहम्मद नाबी सर्वाधिक ५४ रनमा अविजित रहे ।

बंगलादेशका सकिब अल हसनले २, नासुम अहमद, तस्किन अहमद, शोरिफुल इस्लाम, मुश्ताफिजुर रहमान र मेहेदी हसन मिराजले समान एक विकेट लिए । यी दुई देशबिचको दोस्रो तथा अन्तिम टि–२० भोलि आइतबार हुनेछ । यसअघि भएको तीन खेलको एकदिवसीय श्रृंखला अफगानिस्तानले २–१ ले जितेको थियो ।

सम्बन्धित खबर