राजविराज । नेकपा एमालेका सप्तरी जिल्ला कमिटीका नेताहरू चढेको गाडी आज दिउँसो दुर्घटनामा परेको छ ।
जिल्ला कमिटी सप्तरीको बैठकका लागि राजविराज आउने क्रममा छप्कीमा नेताहरु सवार गाडी दुर्घटना भएको हो । सो दुर्घटनामा जिल्ला कमिटी सदस्यहरू किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी घाइते भएका छन् ।
बैठकमा सहभागी हुन आएका एमालेका केन्द्रीय सचिव योगेश भट्टराईका अनुसार घाइतेहरूको उपचार राजविराज अस्पतालमा भइरहेको छ।