२०८१ फागुन १६, शुक्रवार , ०२:२७:२५ बजे

Sajhamanch
'

हजुरबुवाको कुटाइबाट नातिको मृत्यु

शुक्रवार, असार २९, २०८०

बैतडी । बैतडीमा हजुरबुवाको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६, मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेलधुरा अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

गणेशकै कुटाइबाट आठ वर्षीय नाति रिजन साउद गम्भीर घाइते भएका छन् । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा आईसीयूमा राखेर उनको उपचार हुँदै छ ।

बिहीबार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेशले दुवैजनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए ।

रिजन र रेशमका बुवा कामको सिलसिलामा धनगढीमा छन् । कुटपिटको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

शुक्रवार, असार २९, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर