२०८१ माघ १०, बिहिवार , १२:४५:०८ बजे

Sajhamanch
'

पाकिस्तान ‘ए’विरुद्ध ब्याटिङ गर्दै नेपाल

शुक्रवार, असार २९, २०८०

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’विरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै छ ।

श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लब मैदानमा भएको टस जितेपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय गरेका हुन् । प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो ।

नेपालले साउन १ गते भारत ‘ए’सँग दोस्रो खेल खेल्नेछ । नेपाली टिमले साउत ३ गते समूह चरणको अन्तिम खेलमा यूएई ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुनेछ ।

प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।

सम्बन्धित खबर