२०८१ फागुन १७, शनिवार , १२:११:४६ बजे

Sajhamanch
'

परराष्ट्रमन्त्री थाइल्यान्ड, अर्थमन्त्री भारत जाने

बिहिवार, असार २८, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद थाइल्यान्ड जाने भएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को विदेशमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन थाइल्यान्ड जान लागेका हुन् ।

बिमस्टेक विदेशमन्त्रीहरुको रिट्रिट यही जुलाई १७ का दिन थाइल्यान्डको बैंककमा हुँदैछ । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीको थाइल्यान्ड भ्रमण स्वीकृत गरेको हो ।

थाइल्यान्ड हाल बिमस्टेकको अध्यक्ष राष्ट्र हो । बिमस्टेक स्थापना गरेको २५ वर्ष पुगेको अवसरमा रिट्रिट बैठकको आयोजना गरिएको हो ।

बैठकमा बिमस्टेकका सदस्य नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका विदेशमन्त्री सहभागी हुनेछन् । रिट्रिट बैठकमा क्षेत्रीय मुद्दाहरुमाथि छलफल हुनेछ ।

यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको भ्रमण गर्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो ।

यही जुलाई १७ देखि १८ सम्म भारतमा हुने विश्वका विकसित र विकासशील राष्ट्रहरुको समूह (जी–२०)को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन उनी भारत जान लागेका हुन् ।

सम्बन्धित खबर