२०८१ माघ २९, मङ्गलवार , ०६:३६:४२ बजे

Sajhamanch
'

साउनमा ब्याजदर घट्ने, बैंकहरू आफैले ब्याजदर तोक्ने

बिहिवार, असार २८, २०८०

काठमाडौं । वाणिज्य बैंकको ब्याजदरमा हुँदै आएको भद्र सहमति आगामी साउनदेखि तोडिने भएको छ । आज बसेको नेपाल बैंकर्स संघको बैठकले वाणिज्य बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ब्यजदर बढाउन र घटाउन पाउने निर्णय गरेको हो ।

हाल बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिँदै आएका छन् । बैकहरूमा तरलता सहज भएकाले अब ब्याजदरमा एकरूपता आवश्यक नरहेको बताइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूले अन्तर बैंक कारोबार गर्न छोडेर त्यसको ब्याजदर पनि घट्दै गएको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि ८२ प्रतशतभन्दा तल झरेको छ । यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यसले पनि बैंकमा तरलता सहज हुँदै गएको देखिन्छ । आगामी दिनमा बैंकहरूको ब्याजदर घट्दै जाने पनि बताइएको छ ।

सम्बन्धित खबर