२०८१ माघ ३०, बुधवार , ०२:५३:१२ बजे

Sajhamanch
'

हतियार खोसेर भाग्न खोजेपछि हत्कडी लगाएका हौँ, कारबाही हुन्छ : सिरहा प्रहरी

बुधवार, असार २७, २०८०

काठमाडौं । सिरहा प्रहरीले प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर यातना नदिएको दाबी गरेको छ । प्रहरी जवान रायलाई बाँधेर यातना दिइएकोु भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उनका भाइ रजनीश रायले प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राईले रायलाई यातना दिएको आरोप लगाएका छन् ।

तर, प्रहरीले आफूहरूले कुनै प्रकारको याताना नदिएको प्रतिक्रिया दिएको छ ।

सिरहाका एसपी टेकुनन्द इवालिम्बुले प्रहरीबाट हिर्काउने, पिट्ने जस्ता कुनै काम नभएको दाबी गरे । बरु प्रहरी जवान रायले अमर्यादिक क्रियाकलाप गरेको एसपी टेकुनन्द इवालिम्बुको भनाइ छ । आक्रामक रूपमा प्रस्तुत भएर हतियार खोसेर भाग्न खोजेपछि प्रहरीले उनलाई हत्कडी लगाएको उनले बताए ।

हामीलाई लागु पदार्थ सेवन गरेको जस्तो लाग्छ । मेन गेटमा ड्युटी गर्नेसँग हतियार हुन्छ । उसको हतियार खोसेर भाग्न खोज्यो । पाँच समय मिटर परबाट ल्याउने क्रममा प्रहरीले सम्हाल्न सकेन । ऊ एकदमै एग्रेसिभ भयो । त्यसपछि हामीले हत्कडी लगायौँ । भिडियोमा देखिएको हत्कडी लगाएर राखेको अवस्था हो । हिर्काउने, पिट्ने केही भएको छै, उनले भने ।

उनले रायको आचरण पहिलेदेखि राम्रो नभएको पनि बताए । उसको आचरण पहिलेदेखि राम्रो होइन रहेनछ । लागु औषध, मादक पदार्थ दुइटै प्रयोग गर्दो रहेछ । अनि एकदमै एग्रेसिभ । मर्छु, मार्छु भनेर भाग्ने थालेपछि हामीले तुरुन्तै ल्याएका हौँ । उसलाई कस्टडीमा राख्न खोजेको, त्यही पिसाब गर्दिएछ । यातना दिएको भन्ने छदै छैन । खासमा भएको हो, उनले भने ।

प्रहरीले उनलाई कारबाही गर्ने तयारी गरेको छ । कारबाहीको प्रक्रियामै छ । प्रहरीको आफ्नै कानुन छ, त्यसअनुसार कारबाही हुन्छ, उनले भने ।

सार्वजनिक भिडियो प्रहरीकै एक जवानले खिचेको उनको भनाइ छ ।

स्वास्थ्य परीक्षणका क्रममा भने रायले मादक पदार्थ सेवन गरेको देखिएको छैन । शरीरमा घाउ चोटपटक लागेको तथा निल डाम पनि देखिएको छैन । मानसिक स्वास्थ्य पनि ठिक देखिएको छ ।


सम्बन्धित खबर