![](https://sajhamanch.com/wp-content/uploads/2023/07/1689146470_360026125_740144244533939_1206217777901258441_n-1200x560-wm.jpg)
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका –४ वालुमा पार्किङ गरि राखिएको अटोआगलागी भएको हो। वडा नम्बर ४ बालुमा पार्किङ गरिएको अटोमा अज्ञात व्यक्तिद्धारा आगलागी भएको प्रहरी चौकि धवलमुडीका इन्चार्ज जगत ऐरले बताए।
उनका अनुसार अटो पुर्णरुपमा जलेर नष्ट भईसकेको छ। टिभिएस कम्पनिको क १ ह ५३ नम्वरको अटो आगलागी हुर्दा ६ लाख ५० हजारको क्षति भएको मालिक कृष्ण अधिकारीले बताए। वुधबार विहान ३ वजेतिर थाहा पाएको र प्रहरी आधा घण्टापछि पुगेर आगो नियन्त्रणमा लिएको अधिकारीले बताए । प्रहरी खबर पाउने बित्तिकै त्यहाँ पुगेको थियो। घटनाको अनुसन्धान हुने प्रहरीको भनाइ छ।