काठमाडौै । एक वर्षपछि आज बस्ने तय भएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण बैठक स्थगित गरिएको हो ।अब साउन २ गते केन्द्रीय समिति वैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति वैठक गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म चलेको थियो ।अब साउन २ गते ठ्याक्कै एक वर्षपछि वैठक बस्ने तय गरिएको छ । बुधबारदेखि बस्ने बैठकका एजेण्डालाई अन्तिम रुप दिन पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बुधबार बिहान डाकिएकोमा बैठक बस्नु अघि नै सीताको निधनको खबर आएपछि एजेण्डा तय गर्ने बैठक पनि बस्न सकेन ।